तपाईँ सुन्दै हुनुहुन्छः

‘ट्रष्टको समस्या केही दिनमा समाधान हुने’

काठमाडौँ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले गोकर्णस्थित नेपाल ट्रष्टको कार्यालयका कारण स्थानीयवासी र बस्तीमा परेका समस्या केही दिनमै समाधान गरिने बताउनु भएको छ ।

ट्रष्टको अध्यक्ष समेत रहनुभएका उपप्रधानमन्त्री पोखरेलले आज सो क्षेत्रको स्थलगत अनुगमनका क्रममा समस्या समाधानका लागि पहल गर्ने बताउनुभयो ।

उपप्रधानमन्त्री पोखरेलले ट्रष्टको सम्पत्ति रक्षा गर्न दीर्घकालीन योजना बनाएर अघि बढ्ने प्रतिबद्धता पनि जनाउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button