तपाईँ सुन्दै हुनुहुन्छः

‘बाढी र डुबानको समस्या कुटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ’

भुवनप्रसाद आचार्य । परराष्ट्र, जलस्रोत तथा उर्जा क्षेत्रका विज्ञहरुले नेपाल र भारत बीच सिमा क्षेत्रमा बाँधका कारण बाढी र डुबानको समस्या हुने गरेकाले कुटनीतिक माध्यमबाट समाधान गर्नु पर्नेमा जोड दिनु भएको छ ।

नेपाल वातावरण पत्रकार समूह द्धारा आज काठमाण्डौमा आयोजित अन्तरकृया कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बाँध, बाढी र डुबानको समस्यालाई साझा समस्याको रुपमा दुबै देश र जनताको हितमा हुने गरी काम गर्नु आवश्यक भएको बताउनु भयो ।

मन्त्री ज्ञवालीले दुई देशबीच जलस्रोत सम्बन्धी बहुउद्देयीय आयोजना अघि बढाउँदा इतिहासका गल्ती नदोहोरिने गरी अघि बढाउने र समस्याहरुको संयुक्त समाधान खोजिने पनि बताउनु भयो ।

कार्यक्रममा पूर्वजलस्रोत मन्त्री दीपक ज्ञवालीले भारत सरकारले नेपालको सीमा नजिकै ४ मिटर अग्ला सडक र बाँध बनाएकोले डुबानको समस्या थप जटिल हुदै गएको बताउनुभयो ।

भारतका लागि पूर्वनेपाली राजदुत दिपकुमार उपाध्यायले डुबान सम्बन्धी समस्यालाई कुटनीतिक माध्यमबाटै संयुक्त पहलमा समाधान गर्नु पर्ने विचार व्यक्त गर्नुभयो ।

जलस्रोत तथा सिंचाई विभागका उपमहानिर्देशक प्रदीप थापाले डुबानको समस्याका सम्बन्धमा नेपाल भारत संयुक्त डुबान तथा बाढी व्यवस्थापन समितिको प्रविधिक टोलीले गत वर्ष सरकारलाई प्रतिवेदन बुझाएको जानकारी दिदैं छिटटै अन्य समस्या भएका स्थानको पनि स्थलगत अध्ययन गरी समस्या समाधानका लागि पहल गरिने बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button