तपाईँ सुन्दै हुनुहुन्छः

अज्ञात समुहबाट नवलपुर अदालतको सवारीमा आगजनी

कावासोती- पूर्बि नवलपरासीको कावासोतीमा शुक्रबार बिहान करिब साढे २ बजेको समयमा जिल्ला अदालत नवलपुरको सवारीमा आगजनी भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (पुर्व)का अनुसन्धान अधिकृत प्रहरी निरिक्षक राजेन्द प्रसाद अधिकारीका अनुसार कावासोती नगरपालिका ८ थकालीचोक स्थित अर्जुन श्रेष्ठको घरमा भाडामा बस्ने नवलपुर जिल्ला अदालतमा कार्यरत श्रेष्तेदार सारदा दत्त बडु चढ्ने बा २ झ ३५०२ नम्बरको गाडीलाई अज्ञात समुहले आगो लगाएको जनाएका छन् ।

श्रेष्तेदार सारदा दत्त बडु बस्ने सोही घरकै साईडमा पार्किङ गरी राखेकोमा सोही घरमा भडामा बस्ने झपट बहादुर कुवर लगायत ( २ जना पुरुष र २ जना महिला गरी ४ जना) काठमांडौ जानको लागी घरबाट बाहिर निस्कदा एक्कासी उक्त गाडिमा आगो बलेको देखिको प्रहरीलाई बताएका छन् । प्रहरी र कावासोती नगरपालिकाको दमकलको सहायताले उक्त आगो नियन्त्रणमा लिएको थियो ।

आगलागीबाट गाडीको ईन्जिन र अगाडीको बाँया साईडको टायर जली क्षेती भएको प्रहरीले जनाएको छ । घट्ना घटाउनेको खोजि भईरहेको र थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पुर्व)का अनुसन्धान अधिकृत प्रहरी निरिक्षक राजेन्द्र प्रसाद अधिकारीले बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button