तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगञ्जबाट लक्ष्यभन्दा बढी राजश्व संकलन

काठमाडौं । नेपालगञ्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०७५–७६ को लक्ष्यभन्दा बढी राजश्व संकलन गरेको छ ।

भन्सार विभागले १२ अर्ब ३३ करोड एक लाख १६ हजार राजश्व असुलीको वार्षिक लक्ष्य दिएकोमा नेपालगञ्ज भन्सार कार्यालयले १२ अर्ब ३३ करोड ५५ लाख ७१ हजार असुली गरेको थियो । यो रकम लक्ष्यभन्दा ५४ लाख ५५ हजारले बढी हो ।

कार्यलयले असार महिनामा मात्र एक अर्ब छ करोड ३० लाख ७३ हजार रुपैया असुल गरेकोे भन्सार प्रमुख शान्तिराम निरौलाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button