तपाईँ सुन्दै हुनुहुन्छः

झापामा मुसलधारे वर्षा : कन्काई र विरिङ नदी आसपास नजान आग्रह

झापा । झापामा मुसलधारे वर्षा भएकाले कन्काई र विरिङ नदीमा बाढी आउने संभावना उच्च भएकाले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरिएको छ ।
गत २४ घन्टामा झापामा मुसलधारे पानी परेका कारण नदीको पानी सतह बढेर खतराको संकेत पार गर्दै क्षति पु¥याउन सक्ने संभावना रहेको नेपाल रेडक्रस सोसाइटी, झापाले जनाएको छ ।
झापाको दोमुखामा रहेको बर्षा मापन केन्द्रका अनुसार, विगत २४ घन्टामा झापामा १४८.६ मिलिमिटर वर्षा भएको छ ।
१४० मिलिमिटर वर्षा नाघेपछि खतराको संकेत पार गरेको मानिने भएकाले अहिले विपद सूचना केन्द्र, झापामा साइरन बजिरहेको रेडक्रसको झापा शाखाका बाढी पूर्वतयारी कार्यक्रमका संयोजक हरिशरण खड्काले जानकारी दिनुभयो ।
खड्काका अनुसार, कन्काई तथा विरिङ नदीमा ठूलो बाढी आउने संभावना रहेको छ ।
स्थानीय प्रशासनले अहिले कन्काई र विरिङ नदी आसपास कसैलाई पनि नजान एस.एम.एस. मार्फत सूचना जारी गरिसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button