तपाईँ सुन्दै हुनुहुन्छः

निर्माणाधीन मन्दिरको छत खसेर किच्दा दुईजनाको मृत्यु

पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका–७ भारपाको टारी भन्ने स्थानमा निर्माणाधीन मन्दिरको छत खसेर किच्दा दुईजनाको मृत्यु भएको छ ।
स्थानीय अर्जुन रिजालका अनुसार, आज बिहान करीब ९ बजे निर्माणाधीन मन्दिरको छतको सटिङ खुस्काउने क्रममा मन्दिरको पूरै छत खसेर किच्दा स्थानीय जगतबहादुर राई र रुद्र राईको छतले च्यापिएर मृत्यु भएको हो ।
घटनास्थल पुगेको प्रहरी टोलीले स्थानीयको सहयोगमा शव बाहिर निकाल्ने प्रयत्न गरिरहेको छ ।
प्रहरी निरीक्षक अनिलकुमार पौडेलका अनुसार, ढलान गरिएको छत राम्रोसँग नअडिएका कारण सटिङ खुस्काउने क्रममा पूरै छत खसेर किच्दा उनीहरुको मृत्यु भएको हो ।
त्यस स्थानमा निर्माण गर्न लागिएको यलम्बर पार्कमा निर्माणाधीन मन्दिरको छत २० दिनअघि नै ढलान गरिएको भए पनि राम्रोसँग नअडिएको पाइएको उहाँले बताउनुभयो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button