तपाईँ सुन्दै हुनुहुन्छः

बुद्धको देशमा हिंसा अस्वीकार्यः सञ्चारमन्त्री बाँस्कोटा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले बुद्धको देशमा हिंसा कदापि स्वीकार्य नहुने बताउनुभएको छ ।

काभ्रेपलाञ्चोक उद्योग वाणिज्य सङ्घको बनेपामा आज आयोजित ४० औँ साधारण सभामा मन्त्री बाँस्कोटाले जनतालाई आतङ्कित पार्ने ‘जङ्गली राज’ वर्तमान अवस्थामा नचल्ने बताउनुभयो ।

मन्त्री बाँस्कोटाले कसैले हिंसा भड्काउँदैमा सरकार झुक्ला भन्ने ठान्नु गलत हुने बताउनुुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button