तपाईँ सुन्दै हुनुहुन्छः

जापानको क्योएनिमा भएको आगजनीप्रति प्रधानमन्त्रीद्वारा समवेदना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जापानको क्योटोस्थित एनिमेशन स्टुुडियो क्योएनिमा भएको आगजनीमा निर्दोष नागरिक मारिएकामा गहिरो दुःख व्यक्त गर्नुभएको छ ।

जापानका प्रधानमन्त्री सिन्जो आबेलाई आज एक शोक सन्देश पठाउनुहुँदै प्रधानमन्त्री ओलीले मृतकका परिवारजनमा समवेदना व्यक्त गर्नुका साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो ।

कला र सृजनाको लोकप्रियस्थल क्योएनिमा भएको अमानवीय आक्रमणबाट आफू स्तब्ध एवं चकित भएको उल्लेख गर्नुहुँदै सन्देशमा प्रधानमन्त्री ओलीले दोषीलाई कानूनको कठघरामा उभ्याइनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

क्योएनिमा हिजो बिहान भएको आगजनीमा परी ३३ जनाको मृत्युुु हुुनुका साथै ३६ जना घाइते भएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button