तपाईँ सुन्दै हुनुहुन्छः

जुनियर ब्याडमिन्टन टोली चीन प्रस्थान

काठमाडौं । चीनको सुझोउमा आयोजना हुने ‘ब्याडमिन्टन एसिया जुनियर च्याम्पियनसिप २०१९ मा सहभागी हुनका लागि ६ सदस्यीय नेपाली जुनियर ब्याडमिन्टन टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

एसियाको जुनियर खेलाडीहरुको महाकुम्भ मेला ब्याडमिन्टन एसिया जुनियर च्याम्पियनसिपमा नेपालबाट पुरुषतर्फ युवा सनसनी प्रिन्स दाहाल र प्रफुल महर्जन तथा महिलामा जेसिका गुरुङ र सीमा राजवंशीले आफ्नो चुनौती पेश गर्ने्छिन् ।

जुनियर टोलीलाई राखेपका सदस्यसचिव रमेश कुमार सिलवाल, संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठलगायत संघका पदाधिकारीले शुभकामनासहित बिदाई गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button