तपाईँ सुन्दै हुनुहुन्छः

ब्रिगेड ब्वाइज क्लब फाइनलमा

काठमाडौं । डिफेन्डिङ च्याम्पियन ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ललित स्मृति यू १८ फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सिग्नेचर मनाङ मस्याङ्दी क्लबलाई ७–१ ले हराउँदै बिबिसी अन्तिम दुईमा पुगेको हो । बिबिसीका लागि रेजिन सुब्बाले ह्याट्रिक पुरा गरे ।

शिशिर लेखीले २ तथा जय गुरुङ र ब्रिजेश चौधरीले एक गोल गरे । मनाङका सचिन गुरुङले एक गोल फर्काए । रेजिनले ३० औं, ७१ औं र ८८ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे । शिशिरले १५ औं र ५४ औं मिनेटमा, जयले ६३ औंर ब्रिजेशले ८३ मिनेटमा गाल गरेका थिए ।

मनाङका लागि सचिन गुरुङले सान्त्वना गोल फर्काएका थिए । जयले ६३ औंर बृजेशले ८३ मिनेटमा गोल गरेका थिए । मनाङका लागि सचिन गुरुङले सान्त्वना गोल फर्काएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button