तपाईँ सुन्दै हुनुहुन्छः

झापामा ३ लाखको सूर्ती बरामद

झापा-भारतबाट अवैध रूपमा भन्सार छलेर नेपाल भित्र्यइएको करिब ३ लाख मूल्य बराबरको सुर्ती झापाको मेचीनगरमा बुधबार अपरान्ह बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक टेकेन्द्र सेन्ताङको कमाण्डमा खटिएको टोलीले मेचीनगर–६ स्थित नकलबन्दाबाट उक्त मूल्य बराबरको सुर्ती बरामद गरेको हो ।

भारतबाट भन्सार छलेर नेपाल भित्राइएको सुर्ती लुकाई छिपाई राखेको गोप्य सूचनाको आधारमा बरामद गरिएको ६ सय केजी सूर्ती बुधवार नै मेची भन्सार कार्यालय काँकरभिट्टामा आवश्यक कारवाहीका लागि बुझाइसकिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button