तपाईँ सुन्दै हुनुहुन्छः

‘चालु आर्थिक वर्ष विकास निर्माणको सुरूवातको वर्ष’

केशब ढुंगाना । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले चालु आर्थिक वर्ष विकास निर्माणको सुरूवातको वर्ष हुने बताउनुभएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज मन्त्रालयले तयार पारेको आर्थिक वर्ष २०७६–०७७ को एकीकृत कार्ययोजना सार्वजनिकरण एवं विभागीय प्रमुखहरू संग कार्य–सम्पादन करार सम्झौताका अवसरमा मन्त्री बाँस्कोटाले चालु आर्थिक वर्ष नयाँ–नयाँ योजना र विकास निर्माणका कामहरूको शिलान्यासको वर्ष हुने बताउनुभयो ।

मन्त्री बास्कोटाले अब प्रतिक्षाको समय सकिएको र प्रगति र प्रतिफलकोे समय सुरू भएको बताउनुभयो ।

कार्यक्रममा मन्त्री बाँस्कोटाले कतिपय विभाग र निकायमा पटक–पटक निर्देशन दिँदा समेत आशातित कार्य सम्पादन हुन नसकेको उल्लेख गर्नुहुँदै ती निकायहरूमा अब नियमित अनुगमन गरी तोकिए बमोजिम काम नभए कारवाही गर्ने चेतावनी समेत दिनुभयो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले त्यस अवसरमा हुलाक सेवा विभाग, चलचित्र विकास वोर्ड, नेपाल टेलिभिजन, गोरखापत्र संस्थान, रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल), नेपाल टेलिकम लगायत मन्त्रालय माताहतका विभिन्न १४ वटा निकायका प्रमुखहरू संग आर्थिक वर्ष २०७६–०७७ मा सञ्चालन गरिने कार्यक्रमहरू कार्यान्वयनका लागि करार सम्झौता गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button