तपाईँ सुन्दै हुनुहुन्छः

एनओसीमा नयाँ नेतृत्व आउने

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को पूर्वसन्ध्यामा नेपाल ओलम्पिक कमिटि (एनओसी) मा नयाँ नेतृत्व आउने भएको छ । अन्तराष्ट्रिय मान्यता प्राप्त एनओसीको निर्वाचन दुई महिना पछि हुने भएको छ ।

एनओसीको गत साता बसेको कार्य समिति बैठकले ४ वर्षे कार्यकालका लागि सेप्टेम्बरमा निर्वाचन तय गरेको नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले जानकारी दिनु भयो ।

नेपालले आयोजना गर्ने १३ औं साग मंसिर १५ देखि २४ गते सम्मका लागि तय छ । अहिले नेपालले दक्षिण एसियाली ओलम्पिक काउन्सिलको पनि नेतृत्व गरिरहेको छ ।

‘यसअघिको निर्वाचन सेप्टेम्बरमा भएकोले हामीले त्यहि अनुरुप आइओसी र ओसीएमा पत्रचार गरेको अध्यक्ष श्रेष्ठले जानकारी गराउँदै उताबाट आउने मितिमा निर्वाचन हुने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button