तपाईँ सुन्दै हुनुहुन्छः

वर्षाका कारण बिद्यलाय बन्द

मकवानपुर। अबिरल वर्षाका कारण मकवानपुरका केही बिद्यालयहरु बन्द गरिएको छ ।
जिल्लाको भिममफेदी गाउँपालिका र हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ५, ८ का केही बिद्यालयहरु तीन दिनका लागि बन्द गरिएको छ । लगातारको वर्षाका कारण बाढी, पहिरो र डुवानमा पर्दा भिमफेदी गाउँपालिकाको सबै वडाका बिद्यालय र हेटौंडा ५ का सामुदायिक तथा संस्थागत बिद्यालयहरु बन्द गरिएको हो ।
भिमफेदी गाउँपालिका भरिका बिद्यालयहरु असार ३१ सम्मका लागि बिदा दिइएको फिमफेदी गाउँपालिकाका अध्यक्ष ह्रिदम लामाले जानकारी दिनुभयो । यसैगरी हेटौंडा ५ का अधिकांश बिद्यालय लगातारको वर्षाका कारण डुवानमा परेका छन् । पानी पर्न कम भएपनि बिद्यालयको सरसफाई गर्नुपर्ने र अझै पनि झरी भएकाले बिद्यालय बन्द गर्नुपरेको हेटौंडा उपमहानगरपालिकाका सुचना अधिकृत भानुभक्त थपलियाले जानकारी दिनुभयो । यसैबीच हेटौडाबाट काठमाडौं जोड्ने छोटो दुरीका सडकखण्डहरु हेटौंडा फखोल, सिस्नेरी तथा कान्तिलोक पथ अझै खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button