तपाईँ सुन्दै हुनुहुन्छः

डुवानमा परेपछि रौतहटको जनजीवन अस्तव्यस्त

रौतहट-रौटहटको सदरमुकाम गौरको टेलिफोन, बिजुली, खानेपानी सबै सेबा अबरुद्ध भएपछि जनजीबन अस्तब्यस्त भएको छ । प्रहरीको सञ्चार सेट समेत अबरुद्ध भएपछि जिल्लाको क्षतीको एकिन तथ्याक संकलन हुन सकेको छैन । तीन दिन देखि डुवानमा परेको गौरका नागरिकको जीबनकस्टकर बनेको छ । खानपीन र शौचमा समेत उनीहरु लाई समस्या भएको छ ।

रौतहटको सदरमुकाम गौर लगायत आधादर्जन स्थानीय तहमा भएको डुवानले जनजीबन प्रभाबित बनाएको छ । सदरमुकाम गौर बाट ग्रामिणभेग जोडने सडक अबरुद्ध भएको कारण आवातजावत हुन सकेको छैन । यसैबीच वर्षा र बाढिको कारण रौतहटमा आज सम्म दुई जनाको ज्यान गएको छ भने एक जना बेपता भएका छन । मृत्यु हुनेमा गौर नगरपालिका–३ टिकुलिया निबासी शिव मंगल राउत पटेल र ईशनाथ नगरपालिका– १ बन्जरहा निबासी ३५ बर्षिय हरेन्द्र राय यादव रहेका छन् ।

यसैगरी बेपता हुनेमा दुर्गा भगवती गाउपालिका– ४ निबासी ४० बर्षिय विरेन्द्र मिश्र छन् रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । यसैबीच रौतहटको डुबान क्षेत्रमा पानीको सतह घटदै जान थालेपनि जनजीबन भयाबहर्नै रहेको छ । भारतले दशगजामा निर्माण गरेको तटबन्धका कारण ईशनाथ, गौर नगरपालिका, दुर्गाभगबती र यमुनामाई गाउपालिका बर्षेनी डुबानमा पर्दै आएको छ । बाढिले बिस्थापित भएकाहरु बिद्यालय र आफन्तको घरमा शरण लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । जिल्लामा भएको क्षतीको एकिन बिबरण संकलन गर्ने कार्य भैरहेको प्रमुुख जिल्ला अधिकारी किरण थापाले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button