तपाईँ सुन्दै हुनुहुन्छः

रौतहटको सदरमुकाम गौर डुवानमा

रौतहट-रौतहटको सदरमुकाम गौर पुरै डुवानमा परेको छ । बोडर नजिक गौर बजारमा करिव १५ फिट पानी जमिसकेको छ । लगातारको बर्षाले रौतहटको जनजीवन भयाबह बनेको छ । रौतहटको पुर्ब तर्फ भएर बग्ने बागमती नदि र पश्चिम भएर बग्ने लाल बकैया नदीको बाँध फुटदा सदरमुकाम गौर डुवानमा परेको हो ।

डुवानले गर्दा गौरको प्रहरी भंसार सुरक्षा गार्डको कार्यालयको छाना मात्र देखिएको छ भने भुई तल्लाको भाग डुविसकेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । उता कारागारको पहिलो तला समेत डुवानमा परिसकेको छ । ससस्त्र प्रहरी बल नेपाल ११ नम्बर गण समेत डुवानमा परेको छ । सदरमुकाम गौर बाट अन्य स्थानीय तह जोडने सडक सबै अबरुद्ध भएपछि डुवानमा फसेकाहरुको उद्धारमा समस्या उत्पन्न भएको छ ।

भारतीय सिमा जोडिएका नाकामा पानीको सतह बढेको कारण त्यहा स्थापित प्रहरी चौकी ब्रम्हपुरी बसतपुर, प्रहरी चौकी औरैया, भंसार सुरक्षा गार्ड प्रहरी कार्यालय सुरक्षित स्थानमा स्थानन्तरण गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । पानीको सतह बढदै जादा र डुवानले गर्दा रौतहटमा ४ सय ३२ घर भन्दा बढिका २ हजार ५ सय मानिस बिस्थापित भएका छन । उनीहरु लाई बिद्यालय र आफन्तको घरमा शरण दिइएको छ । माधव नारायण नगरपालिका– ८ स्थित भोला महतोले संचालन गरेको बागमती कृषि तथा पशु फार्ममा पालिएको ४६ वटा राँगा भैसी बागमतीे नदीले बगाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button