तपाईँ सुन्दै हुनुहुन्छः

बाढी पहिरोमा परी १५ जनाको मृत्यु, २ बेपत्ता

काठमाडौं । अविरल वर्षापछीको बाढी पहिरोमा परी देशका विभिन्न स्थानमा १५ जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता भएका छन् ।

पहिरोका कारण काठमाडौंमा ३, खोटाङमा ३,भोजपुरमा २,काभ्रेमा २, सिन्धुलिमा १, रामेछापमा १, मकवानपुरमा १, ललिपुरमा १ जनाको मृत्यु भएको छ भने बाढी पहिरोमा परि ९ जना बेपत्ता छन् ।

वर्षाका कारण काठमाडौँको मूलपानी बाबाचोकस्थित स्वास्थ्यचौकी भवन नजिकै पर्खाल भत्किँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

बारा देवताल गाउँपालिका–५ स्थायी घरभई कागेश्वरी मनोहरा नगरपालिका–६ बस्ने ३५ वर्षीया शर्मीला यादव, उहाँका १० वर्षीय छोरा र सोही ठेगाना भएकी ३० वर्षीय नितु यादवको मृत्यु भएको महानगरीय प्रहरी वृत बौद्धका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो ।

खोटाङको खोटेहाङ गाउँपालिका–२ वाप्लुखामा पहिराले घर बगाउँदा बेपत्ता रहेका तीन जनाको शव फेला परेको छ ।

घरमाथिबाट आएको पहिराले घर बगाउँदा आज बिहान बेपत्ता भएका २९ वर्षीया रेखा राई, उहाँका छोरा चार वर्षीय रमन र सात महीनाका रोजनको शव फेला परेको प्रहरीले जनाएको छ ।

पहिरोले मृतकका श्रीमान् ३१ वर्षीय विष्णु राई गम्भीर घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले जानकारी दिनुभयो ।

पहिरोले घर पुर्दा काभ्रेको बनेपा नगरपालिका ३ चुनातालमा २ जनाको मृत्यु हुनाका साथै अन्य २ जना घाईते भएका छन् ।

स्थानीय रामप्रसाद दङ्गालको घर पहिरोले पुर्दा उहाँकी श्रीमती ६० वर्षीया गोमा र नातीनि ७ वर्षीय सुहबीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोमा परि ३० वर्षीया सुशीला दङ्गाल र उनकी ३ महिनाकी छोरी अनुष्का घाइते भएका प्रहरीले जनाएको छ । लगातारको वर्षाका कारण पहिरोमा पुरिएर भोजपुरमा २ जनाको मृत्यु भएको छ ।

रामप्रसाद राई गाउँपालिका वडा नम्बर ७, बासीखोराका ६६ वर्षीय जगतबहहादुर राईको घरमा सुतिरहेको अवस्थामा घरको गा¥हो भत्किएर र भोजपुरकै टेम्केमैयुङ गाउँपालिका वडा नम्बर ९ लेखर्कका १४ वर्षीय बालक जनक बिकको पहिरोले शौलालय भत्किदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय,भोजपुरका प्रहरी निरिक्षक पाण्डव राजवंशीले जानकारी दिनुभयो ।

महोत्तरी बलवा नगरपालिका वडा नम्बर २ का ७० वर्षीय हनिफ बैठा स्थानीय रातो खोलामा आएको बाढीले बगाउदा बेपत्ता हुनुभएको प्रहरीले जनाएको छ ।

सिन्धुलीको फिक्कल गाउँपालिका वडा नम्बर १ झुल्केमा पहिरोमा परी स्थानिय ३५ वर्षीया हेमकुमारी सुनुवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक चक्रबहादुर सिंहले जानकारी दिनुभयो ।

बर्षाका कारण रामेछापको रामेछाप नगरपालिका वडा नम्बर ५ दाईजोरमा गोठ भत्कीदा ७१ वर्षीया पदमकुमारी सुनुवारको मृत्यु भएको छ भने उहाँकी बुहारी असली सुनुवार घाईते हुनु भएको वडा अध्यक्ष भीमबहादुर तामाङले जानकारी दिनुभयो ।

यस्तै मकवानपुरको थाहा नगरपालिका–३ स्थित जनकल्याण माध्यमिक विद्यालयमा अध्ययन गर्न जाने क्रममा दम्की खोलाले बगाउँदा १४ वर्षीया छात्रा सन्तमाया घलानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

निरन्तरको वर्षाका कारण ललितपुरको वाग्मती गाउँपालिका–२ माल्टामा पहिरोले घर पुरिँदा ११ वर्षीय सरोज जिम्माको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मकवानपुरको कैलाश गाउँपालिका ५ कालिखोलामा आएको पहिरोमा परी स्थानीय तारामाया पाख्रीन बेपत्ता हुनु भएको कैलाश गाउँपालिका वडा नं ५ का वडाध्यक्ष छेकु लामाले जानकारी दिनुभयो ।

पहिरोले विपी राजमार्ग, त्रिभुवन राजपथ, पुथ्वी राजमार्ग, मध्यपहाडी लोकमार्ग, ओखलढुङको सिद्धिचरण राजमार्ग, बाजुरा स्थित साँफे मार्तडी राजमार्ग, हेटौडा कुलेखानि सडकखण्ड अवरुद्ध भएको छ ।

राजमार्ग अवरुद्ध भएपछी विभिन्न गन्तब्यका लागि हिडेका यात्रु बाटोमै अलपत्र परेका छन ।

केही दिनदेखीको अविरल वर्षाका कारण विभिन्न खोलामा आएको बाढी तथा डुबानले मध्य तराईको बारा, पर्सा,रौतहट लगायतका जिल्लाको जनजीवन प्रभावित भएको छ ।

बाढीका कारण मोरङको बिराटनगरका विभिन्न स्थान डुबानमा परेका छन् ।

वर्षाका कारण भोजपुरको हवाई तथा सडक यातायात थप्प भएको छ ।

बाँकेको राप्ती नदी तटीय क्षेत्रका बस्तीलाई उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

यसैबिच, बागमती नदी जलाधार क्षेत्रमा लगातारको वर्षापछी काठमाडौं उपत्यकाका सबै नदीमा अहिले ठुलो बाढी आएको छ ।

काठमाडौं उपत्यकाको खोकना र सर्लाहीको कमैयामा बाग्मती नदिले खतराको तह नाघिसकेकाले सर्तकता अपनाउन आग्रह गरिएको छ ।

बिशेषगरी सर्लाही, रौतहटमा बाग्मती नदिले बाढी तथा डुबान गराइरहेको स्थितिमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button