तपाईँ सुन्दै हुनुहुन्छः

बागमती, कमला र कनकाई नदी छेउका बासिन्दालाई सतर्क रहन अपील

काठमाण्डौ । हाल देशभर लगातार मनसुनी वर्षा भईरहेको छ । आगामि दुई तीन दिनसम्म मनसुन अति सक्रिय भईरहने सम्भावना रहेको छ ।
आज शुक्रबार दिउँसो र राति खासगरी पूर्व र मध्य क्षेत्रका केहि स्थानहरुमा भारी वर्षा हुने तथा पूर्व क्षेत्रका तराई र मध्य पहाडका थोरै ठाउँहरुमा अति भारी वर्षा समेत हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशको केही स्थानहरुमा हावाहुरीको सम्भावना पनि रहेको छ । शुक्रबार तराइमा बागमती, कमला र कन्काई नदी छेउछाउका बासिन्दाहरुलाई उच्च सतर्कतासहित सुरक्षित स्थानमा रहन बाढी पूर्वानुमान महाशाखाले अपील गरेको छ ।
पहाडी क्षेत्रमा पहिरोको उच्च जोखिम हुनुका साथै प्रदेश १, २ र ३ का स–साना खोलानाला सतर्कता तह भन्दा माथि रहेका र जुनसुकै बेला खतराको तहमा जानसक्ने सम्भावना रहेको जनाइएको छ ।
पूर्वदेखि पश्चिमसम्मै तराइका होचा स्थानमा डुबानको सम्भावना रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button