तपाईँ सुन्दै हुनुहुन्छः

रौतहटका अधिकांश गाउँ डुबानमा

रौतहट । रौतहटको चन्द्रपुर लगायतका अधिकांश पालिका डुबानमा परेका छन् । लगातारको बर्षा र बाढीका कारण चन्द्रपुर, ईशनाथ, दुर्गाभगवती र गौर लगायतका पालिकाहरु जलमग्न भएका छन् ।
पानीको निकास नभएपछि जलमग्न भएका पालिकाको बस्ति डुवानमा परेको छ । सदरमुकाम गौरमा रहेको जिल्ला प्रहरी कार्यालय सहितका अधिकांश सरकारी कार्यालय डुबानमा रहेको छ । पूर्व पश्चिम राजमार्गको चन्द्रपुरबाट पूर्वतर्फको कजवेमा पानीको प्रवाह बढि भएका कारण यातायात रोकिएको छ । सबैतिर जलमग्न भएपछि मानिसहरुको चहलपहल न्युन रहेको छ । पूर्वको बागमती र पश्चिमको लालबकैया नदीमा पानीको सतह बढदै गएपछि दक्षिणभेगका स्थानीयहरु उच्च जोखिमा परेका छन् । डुबानको भागलाई निकास दिन स्काभेटर चलाइएको छ । बिकासको नाममा निकासबिहीन सडक निर्माणले रौतहटको अधिकांश पालिका डुवानमा परेको स्थानीयको भनाई रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button