तपाईँ सुन्दै हुनुहुन्छः

टी २० विश्वकपको एशिया छनोटका लागि तयारी सुरु

अजय बम । मलेसिया विरुद्धको दुई टी २० र सिंगापुरमा हुने आइसीसी टी २० विश्वकपको एशिया छनोटका लागि नेपालले मलेसियामा तयारी सुरु गरेको छ ।

नेपालबाट मलेसिया पुगेको नेपाली टिमले किनरारा ओभल मैदानमा चार घण्टा प्रशिक्षण गरेको हो ।

टिमले ब्याटिङ र फिल्डिङ प्रशिक्षण गरेको थियो । नेपालले मलेसिया विरुद्ध १३ र १४ तारिखमा किनरारा ओभल मैदानमा दुई वटा टी २० खेल खेल्दैछ । जसका लागि टिम दुई दिन अगाडी मलेसिया पुगेको हो ।

यता मलेसिया क्रिकेट टिमले पनि नेपाल विरुद्धको खेलका लागि तयारी सुरु गरिसकेको छ । मलेसिया विरुद्ध अहिलेसम्म हार्न नपरेको नेपालले यो दुई खेलमा पनि जित निकाल्दै टी २० बरियतामा फड्को मार्ने लक्ष्य लिएको छ ।

मलेसियाले नेपाललाई यू १६ मा एकपटक हराएको छ । सिनियर स्तरमा नेपालले मलेसियासँग हार्नुपरेको छैन ।

पारस खड्काको कप्तानीमा रहेको नेपाली टिमको अर्को लक्ष्य टी २० विश्वकपको एशिया छनोटमा च्याम्पियन बन्ने रहेको छ । जसका लागि नेपाली टिमले सिंगापुरको हावपानीसँग घुलमिल हुने मलेसियामा क्याम्प राखेको हो ।

यहाँ दुई वटा खेलका साथै केहि दिन अभ्यास गरेर टिम सिंगापुर जानेछ । मलेसिया र सिंगापुरको मौसम एकनासको भएकाले पनि आइसीसीले नेपाललाई मलेसियामा क्याम्पका लागि स्वीकृति दिएको हो ।

नेपालले एशिया छनोटको पहिलो खेलमा कतारसँग खेल्नेछ । यो प्रतियोगिताको विजेताले युएईमा हुने ग्लोबल छनोटमा स्थान बनाउनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button