तपाईँ सुन्दै हुनुहुन्छः

ओखलढुंगामा बस दुर्घटना : ३ को मृत्यु, १७ घाईते

ओखलढुंगा-ओखलढुंगामा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । जिल्लाको मानेभज्याङ गाउँपालिका ६ डढुवामा बुधबार विहान ३ बजे बस दुर्घटना हुदाँ तीन जनाको घटना स्थलमै मृत्यु भएको हो ।

बसका चालक झापा पत्थरीका ८ घर भएका कृष्ण बहादुर बस्नेत, सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ५ की माया थापा र सिन्धुली कमलामाई नगरपालीकाका लाल बहादुर धामीको घटना स्थलमै मृत्यु भएको प्रहरी निरीक्षक राजिब श्रेष्ठले जानकारी दिनुभयो ।

घटनामा १७ जना घाईते भएका छन् । घाईते मध्ये ५ जनाकोे अवस्था गम्भीर छ । गम्भीर अवस्थाका ५ जनालाई एम्बुलेन्स मार्फत काठमाण्डौ पठाईएको छ । अन्य घाईतको उदयपुरको घुर्मी स्थित आस्था हस्पिटलमा उपचार भईरहेको छ ।

पूर्वको काँकडभित्ताबाट यात्रु लिएर सोलुखुम्बुको सल्लेरी तर्फ आउदै गरेको भाग्य रेखा यातयातको रात्री बस सडकबाट करिब २५ मिटर तल झरेको थियो । डडुवाको घुम्तिबाट झरेको बस तल सडकमा पछारिएर अड्कीएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button