तपाईँ सुन्दै हुनुहुन्छः

बसले ठक्कर दिदाँ एक जनाको मृत्यु

मेलम्ची-जन्ति लिन हिडेको बसले ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नम्बर ७ चनौटेमा बा ३ ख ११७ नम्बरको बस पछाडि हटाउने क्रममा बसमा ठोकिएर आज एक महिलाको ज्यान गएको हो ।

मानसिक सन्तुलन गुमाएकि परिचय खुल्न बाँकि रहेकि अन्दाजि ३५ बर्षिय महिलाको घटनास्थलमा नै ज्यान गएको प्रहरीले जनाएको छ । बस चालक र बसलाइ नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यलय हेलम्बुका प्रहरी निरिक्षक मणिराम लामिछानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button