तपाईँ सुन्दै हुनुहुन्छः

यू–१९ इस्टर्न रिजन क्रिकेटको उपाधि नेपाललाई

काठमाडौं । एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको उपाधि नेपालले जितेको छ ।

मलेसियाको किनरारा ओभल मैदानमा हङकङलाई ६ विकेटले पराजित गर्दै लगातार दोस्रो पटक उपाधि जितेको हो । उपाधि जितेसँगै नेपाल श्रीलंकामा आयोजना हुने एसिया कप यू १९ क्रिकेटका लागि छनोट भएको छ ।

हङकङले दिएको ९६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेट गुमाएर पुरा गरेको थियो । नेपालको जितमा ओपनर ब्याट्सम्यान पवन शर्राफ र रीत गौतमले ३९ बलमा ५२ रनको साझेदारी गर्दै वलियो आधार तयार पारेका थिए ।

रीत १३ रन बनाएर आउट भए । उनले २ चौका प्रहार गरे । त्यसपछि क्रिजमा आएका खडक बहादुर बोहरा र पवनले २३ रनको साझोदारी गर्दै टिमलाई जित नजिक लगेका थिए । पवन ३९ रन बनाएर आउट भए ।

३९ रनमा आउट भएका पवनले ३६ बल फेस गर्दै ५ चौका र १ छक्का प्रहार गरे । यस्तै खडकले ८ रन बनाएर आउट हुँदा २२ बल फेस गर्दै १ चौका प्रहार गरेका थिए । रोहित क्रिजमा आएपछि ४ रनको साझेदारी गर्दै खडक आउट भएका थिए ।

त्यसपछि भीम सार्की र रोहितले टिमको स्कोर ९३ रन पुर्याएका बेला रोहिल क्याच आउट भए । रोहित १२ रनमा पेभेलियन फर्किएका हुन् । क्रिजमा भीम र हरिबहादुर चौहानले २ रन लिँदै नेपाललाई च्याम्पिएन बनाए ।

भीम ८ रनमा नट आउट रहँदा खाता नै नखोली हरिले साथ दिए । हङकङका मोहम्मद हसन खान, मोहम्मद हसन र रौनक कपुरले एक एक विकेट लिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button