तपाईँ सुन्दै हुनुहुन्छः

शाखा अधिकृत सहित ३ जना विरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले परिक्षार्थीको प्राप्ताङंक फेरबदल गरी अनियमिाता गरेको आरोपमा त्रिभुवन विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यालय बल्खु गोप्य शाखामा कार्यरत शाखा अधिकृत रामबहादुर कर्मचार्य सहित घुस दिने अन्य ३ जना विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस भक्तपुर बहुमुखी क्याम्पसमा शिक्षण सहायक पदमा कार्यरत सुरेन्द्रप्रसाद कोइरालाबाट १ लाख ५० हजार रुपैया लिएर गोल्ड मेडलिस्टको हकदार बनाएको आरोपमा कोइराला सहित उनीमाथि पनि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

परिक्षाको परिणाम फेरबदल गर्न लगाउने कोइराला र गर्ने कर्माचार्य बिरुद्ध जनही ४ लाख ५० हजार रुपैया बिगो माग दाबि सहित मुद्धा दायर गरिएको अख्तियारले जनाएको छ ।

अख्तियारले बानेश्वर बहुमुखी क्याम्पसमा कार्यरत कायम मुकायम प्रशासनिक अधिकृत छैठौ तहमा कार्यरत केदार भट्टराईले एम.ए को अर्थशास्त्रको प्राप्तांङ्क फेरबदल गर्न ३ लाख रुपैया घुस दिएको पाइएकाले भ्रष्टाचारको मुद्दा दायर गरेको आयोगद्धारा आज जारी प्रेस बिज्ञप्तीमा जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button