तपाईँ सुन्दै हुनुहुन्छः

फाइनलमा नेपालले हङकङसँग प्रतिस्पर्धा गर्ने

काठमाडौं । नेपालले मलेसियामा जारी एसीसी यू १९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

फाइनल मंगलबार किनारारा ओभल क्रिकेट मैदानमा हुने छ ।

सोमबार भएको पहिलो सेमिफाइनल खेलमा नेपालले आयोजक मलेसियालाई ७ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो ।

त्यस्तै अर्को सेमिफाइनल खेलमा सिंगापुरलाई डक वर्थ लेविसका आधारमा ५१ रनले पराजित गर्दै हङकङले फाइनलमा नेपालसँगको भेट पक्का गरेको हो ।

२ सय ४८ रनको लक्ष्य पक्ष्याएको सिंगापुर २८.२ ओभरमा ९७ रन बनाउन ५ विकेट गुमाएको अवस्थामा वर्षाको कारण खेल रोकिएपछि नजिता डव अर्थ लेविसका आधारमा पुगेको हो ।

नेपालले समुह चरणमा चीनलाई १० विकेट र सिंगापुरलाई २ सय १७ रनले पराजित गरेको थियो ।

यस प्रतियोगिताको विजेता टोलीले २८ अगस्टदेखि ८ सेप्टेम्बरसम्म श्रीलंकामा हुने एसिया कप खेल्न पाउने छ ।

यस प्रतियोगिताको विजेतासँगै भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तान, यूएई र कुवेतले एसिया कपमा प्रतिस्पर्धा गर्ने छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button