तपाईँ सुन्दै हुनुहुन्छः

दोस्रो खेल नेपालले सिंगापुरसँग खेल्दै

अजय बम । एसीसी यू १९ इस्टर्न रिजन च्याम्पियनसिपको समुहको दोस्रो खेल नेपालले शुक्रबार सिंगापुरसँग खेल्दैछ ।

आफ्नो पहिलो खेलमा दुबै टिमले चीनलाई नै हराएका कारण दुबै टिम अन्तिम खेल अगाडी नै सेमिफाइनलमा पुगिसकेका छन । त्यसैले शुक्रबारको खेल समुह विजेताको छिनोफानोका रुपमा रहेको छ ।

मलेसियाको किनरारा ओभल मैदानमा हुने खेल नेपाली समय अनुसार विहान पौने आठ बजेबाट सुरु हुनेछ । उमेर समुहका साथै सिनियर स्तरमा पनि नेपाल र सिंगापुर परिचित टिम हुन ।

एशियाली स्तरमा हुने पायः सबै प्रतियोगितामा नेपाल र सिंगापुर खेलेकै हुन्छन । यू .१९ स्तरमा पनि यी दुई टिम जहिलेपनि खेल्दा नेपालले जित निकालेको छ ।

अब सेमिफाइनलमा पुगेको नेपालले सिंगापुर विरुद्ध पनि जित निकालेर समुह विजेता हुने लक्ष्य राखेको छ । नेपाली टिमका प्रशिक्षक विनोद दाशले टिमको लक्ष्य जित्ने नै भएपनि कमजोर नआँक्ने बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button