तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश ५ र सिचुवान प्रान्तबीच भगिनी सम्बन्ध कायम

बुटवल-प्रदेश ५ र चीनको सिचुवान प्रान्तबीच भगिनी सम्बन्ध कायम गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ .चीन भ्रमणमा रहनु भएका प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र सिचुवान प्रान्तका गभर्नर यीन ली बीच हिजो साझ समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

समझदारीपत्रमा हस्ताक्षर भएपछि मुख्यमन्त्री पोखरेलले यो समझदारीले दुई देशको सम्बन्धलाई अझ उचाईमा पु¥याउन बल पुग्ने विश्वास व्यक्त गर्नुभयो । त्यसैगरी सिचुवान प्रान्तका गभर्नर लीले नेपाल र चीनबीचको निकै पुरानो घनिष्ठ सम्बन्ध रहदै आएको र यो समझदारीले भविष्यको उज्यालो यात्रा कोरेको बताउनु भयो ।

समझदारीपछि मुख्यमन्त्री पोखरेल र गभर्नर लीले दुई प्रदेशबीच उच्च स्तरको भ्रमण आदानप्रदान बढाउँदै समृद्धिको यात्रामा एकआपसमा सघाउ पु¥याउदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको भ्रमणमा सहभागि मुख्यमन्त्री पोखरेलका प्रेस सल्लाहकार शेर बहादुर केसीले जानकारी दिनु भयो ।
मुख्यमन्त्री पोखरेलले सम्बन्धलाई नयाँ उचाईमा अघि बढाउन नेपाली जनताको पहिलेदेखिको चाहना पुरा भएको बताउनुभयो ।

त्यसैगरी उहाँले प्रदेश, पालिका र जनताबीचको सम्बन्धले दुई मुलुकबीचको सम्बन्ध बलियो बन्दै जाने प्रधानमन्त्री केपी ओलीको सन्देश पनि सुनाउनुभयो ।उहाँले गभर्नर लीलाई प्रदेश ५ र बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमणका लागि निमन्त्रणा गर्नुभयो ।

उहाँले भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल छिट्टै सञ्चालन हुन गइरहेको र छेन्दु—भैरहवाबीच सिधा हवाई उडान सञ्चालनका लागि आवश्यक सहयोग गर्न आग्रह गर्नु भयो । गभर्नर ली ले लुम्बिनी भ्रमणको निम्ता दिएकोमा धन्यवाद ज्ञापन गर्दै भैरहवा—छेन्दु सिधा उडानका लागि आगामी दिनमा आवश्यक सल्लाह गरेर जान सकिने बताउन’भयो ।

मुख्यमन्त्री—उपमहानिर्देशक भेट
यसैगरी मुख्यमन्त्रीसंग चिनियाँ कम्युनिष्ट पार्टी अन्तराष्ट्रिय विभागका उपमहानिर्देशक मा से सङबीच भेटवार्ता भएको छ । भेटमा उपमहानिर्देशक सङले नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्ध निकै पुराना रहेको र दुई पार्टीबीचको सम्बन्धले दुई देशबीचको मित्रतामा पनि बल पु¥याएको बताउनुभयो । उहाँले नेकपा र नेपालले लिदै आएको एक चीन नीतिको प्रशंसा गर्दै नेपालको सार्वभौमसत्ता र अखण्डताप्रति पनि चीनको सम्मान रहेको बताउन’भयो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button