तपाईँ सुन्दै हुनुहुन्छः

उत्कृष्ट पुरुष खेलाडीको अवार्ड गुरुङलाई

काठमाडौं । प्याराग्लाईडिङका युकेश गुरुङले वर्षको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेका छन् ।

एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड अन्तर्गत युकेशले क्रिकेटका पारस खड्का र सोमपाल कामी, गल्फका शुक्रबहादुर राई र जुडोका इन्द्रबहादुर श्रेष्ठलाई पछि पार्दै गुरुङले यो अवार्ड हात पारेका हुन् ।

उनले १८औं एसियाली खेलकुदमा पाराग्लाइडिङ क्रसकन्ट्रीको पुरुष टिम इभेन्टमा रजत विजेता भएको, स्याङ्जामा भएको पाराग्लाइडिङ एक्युरिसी वर्ड कपमा कांस्य पदक जितेका थिए । उनले पल्सर मोटरसाईकलका साथै विभिन्न गिफ्ट ह्याम्पर पाएका छन् ।

नेपाली राष्ट्रिय महिला फुटबल टोलीका फरवार्ड तथा गोल मसिन सावित्रा भण्डारी ‘साम्बा’ले ‘एनएसजेएफ पल्सर वर्ष महिला खेलाडी अवार्ड’ जितेकी छिन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार आयोजना गरेको एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७५ मा सावित्राले वर्ष महिला खेलाडी अवार्ड जितेकी हुन् ।

सावित्राले मनोनयनमा परेका भलिबलकी सरस्वती चौधरी, क्रिकेटकी सीता रानामगर, जुडोकी मनिता श्रेष्ठ प्रधान र तेक्वान्दोकी निमा गुरुङलाई पछि पारिन् ।

भलिबलकी रेश्मा भण्डारीले पल्सर स्पोर्टस अवार्ड २०७५ को पिपुल्स च्वाइस अवार्डको उपाधि जितेकी छिन् । रेश्माले कुल मतको ३२ प्रतिशत मत प्राप्त गरेकी थिइन् ।

दोस्रो स्थानकी सावित्रा भण्डारी २९ प्रतिशत मतमा सिमित भइन् । यस उपाधि मनोनयनमा फुटबलकी सावित्रा भण्डारी, ब्याडमिन्टनका प्रिन्स दाहाल, शारीरिक सुगठनका महेश्वर महर्जन र क्रिकेटका सन्दीप लामिछाने रहेका थिए ।

नेपाली राष्ट्रिय महिला नेत्रहीन क्रिकेट टोलीकी सदस्य मनकेसी चौधरीले ‘पारा वर्ष खेलाडी’ घोषित भएकी छिन् । स्पोर्ट्स अवार्डमा नेपाली टोलीकी अलराउण्डर मनकेसीले ‘पारा वर्ष खेलाडी’ को अवार्ड जितेकी हुन् ।

‘पारा वर्ष खेलाडी’ घोषित भएसँगै मनकेसीले ५० हजार रुपैयाँसहित केल्मी नेपाल, गोल्डस्टार र टाइमेक्सबाट विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरिन् ।

एथ्लेटिक्सका प्रशिक्षक हरिबहादुर रोकायाले एनएसजेएफ स्पोर्टस अवार्ड २०७५ मा लाइफटाइम अचिभमेन्ट अवार्ड पाएका छन् ।

एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड अन्तरगत पहिलो पटक थप गरिएको एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डबाट पाकिस्तानका अमजद अली मकिल सम्मानित भएका छन् ।

एआईपीएसका महासचिव समेत रहेका मलिक आइतबार नेपाल आएका थिए । उनलाई युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वर्माले अवार्ड प्रदान गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button