तपाईँ सुन्दै हुनुहुन्छः

हल्ला चले जस्तो मन्त्रि फेरिने सम्भावना छैन्ः मन्त्री खनाल

बुटवल । कृषि तथा पशुपन्छी विकासमन्त्री चन्द्र प्रकाश खनाल बलदेवले बजारमा हल्ला चले जस्तो तत्काल सरकारको नेतृत्व र मन्त्रीहरु फेरिने कुनै सम्भावना नरहेको बताउनुभएको छ ।
मंगलबार बुटवलमा आयोजिते कार्यक्रममा मन्त्री खनालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष प्रचण्डले नै तत्काल सरकार परिवर्तन र मन्त्रिमण्डल परिवर्तन नहुने स्पष्ट पारिसक्नु भएको बताउनुभयो ।
उहाँले दुई अध्यक्षकै सहमतिमा सबै काम भईरहेकाले सरकारको नेतृत्व परिवर्तनका बिषयमा सहमति भएकै भएपनि अहिले त्यो समय नआईसकेको बताउनुभयो ।
मन्त्री खनालले पार्टीलाई बलियो बनाउनका लागि अध्यक्षद्धयको सहमतिलाई सबै नेताले स्वीकार गर्ने बताउदै आफना लागि मन्त्री पद महत्वपूर्ण नरहेको बताउनुभयो ।
मन्त्री खनालले ६६ प्रतिशत जनता कृषिमा आश्रित रहेको अहिलेको अवस्थालाई ५ वर्षभित्र २५ प्रतिशतमा झार्ने गरी सरकारले काम गरिरहेको बताउनुभयो ।
कृषिको आधुनिकीकरणका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अघि सारिएको जानकारी दिदै पहुँचवालाले नभई सर्बसाधारण किसानले अनुदान पाउने कार्यबिधि मन्त्रालयले बनाईरहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button