तपाईँ सुन्दै हुनुहुन्छः

प्रथम राष्ट्रिय आर्थिक गणना २०७५ सार्वजनिक

अच्युत अर्याल । केन्द्रीय तथ्याङ्क विभागले प्रथम राष्ट्रिय आर्थिक गणना २०७५ सार्वजनिक गरेको छ ।

विभागले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर पुष्पराज कँडेलले आर्थिक गणना २०७५ को नतिजा सार्वजनिक गर्नुभएको हो ।

प्रथम राष्ट्रिय आर्थिक गणनाको नतिजा अनुसार नेपालमा सञ्चालित प्रतिष्ठानहरुको संख्या ९ लाख २३ हजार ३ सय ५६ रहेको छ ।

यसमध्ये दर्ता भएका प्रतिष्ठानको संख्या ४ लाख ६२ हजार ६ सय र दर्ता नभएका प्रतिष्ठानको संख्या ४ लाख ६० हजार ४ सय रहेका छन ।

प्रतिष्ठानहरुमा सक्रिय जनशक्तिको संख्या ३२ लाख २८ हजार ४ सय ५६ रहेको छ । सक्रिय जनशक्ति मध्ये ६२.३ प्रतिशत पुरुष र ३७.७ प्रतिशत महिला रहेका छन ।

आर्थिक तथ्याङ्कको आधारको रुपमा विभिन्न प्रकारका उद्योग, व्यवसाय, संघ संस्था आदिको विवरण संकलन गर्ने उद्देश्यले विभागले २०७५ वैशाख १ गतेदेखि जेठ ३१ गतेसम्म ७७ वटै जिल्लामा आर्थिक गणनाको तथ्याङ्क संकलन गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button