तपाईँ सुन्दै हुनुहुन्छः

वैरो विभागको टोलीद्वारा झापाका मेनपावरमा अनुगमन

झापा, भद्रपुर । वैदेशिक रोजगार विभागको एक टोलीले झापाको बिर्तामोडमा सञ्चालित मेनपावरका शाखा कार्यालयहरुको अनुगमन गरेको छ ।
विभागबाट आएको टोलीले शनिबार मेनपावरका बिर्तामोडका शाखा कार्यालयहरुको अनुगमन गरेको हो ।
टोलीले बिभागले दिएको अनुमतिपत्र, मेनपावरका प्रधान कार्यालयले दिएको नियुक्तिपत्रको प्रतिलिपिलगायतका कागजातको चेकजाँच गरेको थियो । विभागको शाखा अधिकृत उषा थपलिया र लेखा अधिकृत पार्वता थापालगायतको टोलीले शाखाहरुको भौतिक संरचनासमेतको अनुगमन गरेको थियो ।
टोलीले शिवाकोटी, सुनकोशी, फजल, शान, पुकार, मिमोसा र जुपिटर मेनपावरको विर्तामोडस्थित शाखा कार्यालयको अनुगमन गरेको शाखा अधिकृत थपलियाले बताउनु भयो । उहाँले बिर्तामोडमा सञ्चालित शाखाहरु मापदण्डअनुसार नै सञ्चालन भएको आफूहरुले पाएको बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button