तपाईँ सुन्दै हुनुहुन्छः

अन्तर नगरपालिका महिला फुटबलको उपाधि विराटनगरलाई

उपमेयर कप अन्तर नगरपालिका महिला फुटबलको उपाधि विराटनगरले जितेको छ ।

हलचोक स्थित सशस्त्र प्रहरीको मैदानमा भएको विराटनगरले बाह्बिसेलाई टाइब्रेकरमा चार एकले हरायो ।

हलचोकस्थित शसस्त्र प्रहरी बल एपीएफको मैदानमा खेलको निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टीमा विराटनगर सफल भयो ।

विराटनगरकी रेखा पौडेल, ईमा राई, विद्या राना र मनमाया लिम्बुले गोल गरिन् । पेनाल्टीअघि बाह्रबिसेका लागि सम्झना लावतीले गोल गरेकी थिईन् ।

यस्तै विराटनगरकी जमुना मगरले गोल गरेकी थिईन् । उपाधिसँगै विराटनगरले ५ लाख रुपैयाँ हात पार्यो भने बाह्बिसेले तीन लाखमा चित्त बुझायो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button