तपाईँ सुन्दै हुनुहुन्छः

एसईई परिक्षाको नतिजा सार्वजनिक

पुष्करराज बुढाथोकी । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नियमित तर्फको नतिजा आज सार्वजनिक गरेको छ ।

यस वर्षको परीक्षामा ३.६ देखि ४ जीपीए ए प्लस ल्याउने १७ हजार ५ सय ८० जना, ३.२ देखि ३.६ जीपीए ए ल्याउने ५१ हजार १ सय ३७ जना र २.८ देखि ३.२ जीपीए बि प्लस ल्याउने ६३ हजार ७ सय ४१ जना रहेका छन् ।

बोर्डका अनुसार २. ४० देखि २.८० जीपीए बि ल्याउने ७६ हजार ५ सय ६४, २ देखि २ .४० जीपीए सी प्लस ल्याउने ९८ हजार २ सय ७ जना रहेका छन् ।

त्यस्तै १.६ देखि २ जीपीए सी ल्याउने ९५ हजार ३ सय ७ जना र १.२ जीपीएदेखि १.६ जीपीए डी प्लस ल्याउने परीक्षर्थीको संख्या ४३ हजार ८ सय ४१ रहेको छ ।

जीपीए ०.८० देखि १ .२ सम्म डी ल्याउने ४ हजार ४ सय २९ रहेका छन भने विभिन कारणले ८ हजार ४ सय ६९ जनाको परीक्षा स्थगित भएको छ ।

परीक्षाफलमा चित्त नबुझी पुनर्याेग गर्नुपरेमा नतिजा प्रकाशन भएको मितिले १५ दिनभित्र निवेदन दिन सकिने परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

दुई विषयसम्म सी वा सी भन्दा तलको ग्रेड आएकाले भने पूरक ग्रेडवृद्धि परीक्षामा सहभागी हुन सक्ने कार्यालयले जनाएको छ ।

२०७५ सालको एसईईमा साधारणतर्फ ४ लाख ४९ हजार ६ सय ४२ र प्राविधिकतर्फ ९ हजार ६ सय ३३ परीक्षार्थी सहभागी भएका थिए ।

एसईई परीक्षा गत चैत १० गतेबाट २१ गतेसम्म सञ्चालन भएको थियो ।

बोर्डका अनुसार ग्रेडबृद्वि समुहको नतिजा भने पछि प्रकाशित गरिने कार्यालयले जनाएको छ ।

एसइईको नतिजा मन्त्रालयको वेबसाइट, शिक्षा तथा मानवस्रोत विकास केन्द्रको वेबसाइट, परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट, नेपाल टेलिकमको वेबसाइट र राष्ट्रिय परीक्षा बोर्डको वेबसाइटबाट नतिजा हेर्न सकिने बोर्डले जनाएको छ ।

यस्तै, नेपाल टेलिकमका ग्राहकले १६०० डायल गरी वा एनसेल र टेलिकम दुवैका ग्राहकले १६०० मा एसएमएस गरी नतिजा थाहा पाउन सकिने बोर्डले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button