तपाईँ सुन्दै हुनुहुन्छः

पानीसँगै बगेको लेदोले अवरुद्ध पृथ्वी राजमार्ग सुचारु

धादिङ-बुधबार रातीदेखि परेको पानीसँगै लेदो बग्दा अवरुद्ध भएको पृथ्वी राजमार्ग सुचारु भएको छ । धादिङको बैरेनी र जहरेका सडकमा लेदो बग्दो बिहान देखि राजमार्ग अवरुद्ध भएको थियो । धादिङको गल्छी गाउँपालिका वडा नं ६ बैरेनीबजारबाट वालुवाखानी जाने शाखा सडकहरु जताभावी खोल्दा पानीसँगै राजमार्गमा लेदो बगेको हो । जसका कारण बैरेनीबजारका घरहरु पनि डुबानमा परेको छ ।

बिहान ४ बजेदेखि नै राजमार्ग अवरुद्ध हुदाँ राजधानी जाँदै गरेका र राजधानी हुँदै पूर्व, पश्चिम हिडेका सवारी साधनहरु बीचमा नै रोकिएका थिए । देशका ६७ जिल्लाका साथै छिमेकी देश भारतबाट स्थलमार्ग हुंदै आवातजावत गर्ने उद्गम विन्दुका रुपमा मानिएको पृथ्वी राजमार्ग यसरी अवरुद्ध हुदाँ करीब चार घण्टा सवारी साधनहरु रोकिएका थिए ।

राजमार्गलाई छेडेर जथाभावी गाउँतिर लगिएका ग्रामीण सडक, सडक भन्दा माथि तिर खोलिएका बालुवा उत्खनन केन्द्रका कारण भल बाढीले लेदो बगाउँदै राजमार्गमा ल्याई पु¥याएको हो ।पृथ्वी राजमार्ग अन्र्तगतकै गजुरी गाउँपालिका वडा नं ६, जहरेमा पनि सडकमा लेदो थुप्रिएको छ । जसका कारण राजमार्ग अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button