तपाईँ सुन्दै हुनुहुन्छः

भारतको धौलिगङ्गा बाँध खोलिँदै, सतर्क रहन आग्रह

बैतडी । महाकाली नदीको माथिल्लो जलाधारमा पर्ने भारतको पिथौरागढस्थित धौलिगङ्गा जलविद्युत् आयोजनाको बाँध पर्सि शुक्रबार खोलिने भएकोले महाकाली तटमा पर्ने दार्चुला, बैतडी, डडेल्धुरा हुँदै कञ्चनपुर सम्मको तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।

बाँधको मर्मत र सरसफाईका लागि असार १३ गते शुक्रबार राति १२ बजेदेखि १४ गते आइतबार बेलुका साँढे ६ बजेसम्म बाँधको ढोका खोलिने भारतीय पक्षले पूर्व जानकारी दिएको छ ।

महाकाली नदीमा पानीको सतह बढ्न जाँदा तटीय क्षेत्रमा जोखिम बढ्ने भएकाले असार १५ गते सोमबार बेलुकीसम्म नै सतर्कता अपनाउन सम्बन्धित जिल्ला प्रशासनले आग्रह गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button