तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरका स्थानीय तहको बजेट ६ अर्ब ३७ करोड

मकवानपुर-स्थानीय तहहरुले असाढ १० गते बजेट ल्याउनुपर्ने कानूनी प्रावधान अनुसार देशका ७ सय ५३ स्थानीय तहहरुले आज आगामि आर्थिक वर्ष २०७६÷०७७ का लागि बजेट ल्याउँदै छन् । तर देशका सबै स्थानीय तहहरुले असाढ १० मा बजेट ल्याउन भने सकेका छैनन् । मकवानपुरमा पनि आज सबै स्थानीय तहहले बजेट नल्याउने भएको छ ।

मकवानपुरका १० वटा स्थानीय तह मध्ये आज २ स्थानीय तहलेमात्र बजेट ल्याउन लागेको छ । जिल्लाको हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिकाले मात्र आज आगामि आर्थिक वर्षको लागि बजेट ल्याउँदै छन् । १० स्थानीय तहहहरुले आगामी आर्थिक वर्ष २०७६÷०७७ को लागि भने करिब ६ अर्ब ३७ करोडको बजेट ल्याउने तयारी गरेका छन् ।
मकवानपुर जिल्लामा सबैभन्दा ठुलो बजेट हेटौंडा उपमहानगरपालिकाले ल्याउने भएको छ ।

उपमहानगरपालिकाले आगामि आर्थिक वर्ष २०७६÷०७७ का लागि २ अर्ब ८ करोड रुपैयाँको बजेट ल्याउने तयारी गरेको छ । चालू आर्थिक वर्षका लागि १ अर्ब ८२ करोड रुपैयाँको बजेट ल्याएको नगरपालिकाले २६ करोड रुपैयाँ बढाएर बजेट ल्याउने तयारी गरेको हो । हेटौंडा उपमहानगरले ६ ओटा योजनालाई प्राथमिकताका साथ अगाडि बढाउने भएको छ । यस्ता योजना प्रदेश सरकारसँगको सहकार्यमा शुरू गर्न लागिएको उपमहानगरले बताएको छ ।

हेटौंडाको बस टर्मिनल, कर्रा करिडोर, हेटौंडा चक्रपथ, भ्यु टावर, हेटौंडा उपमहानगरपालिका–८ स्थित चन्द्रोदय माविको चौरमा प्याराफिट निर्माणगर्ने, हेटौंडामा अटो भिलेज निर्माण र हेटौंडामा कृषि उपजको थोक बजार निर्माण योजनालाई गौरवका योजनाको रूपमा राखेर बजेट ल्याउँदै छ ।

यस्तै जिल्लाको पर्यटकिय थाहा नगरपालिकाले आज ७५ करोड बजेट ल्याउने तयारी गरेको छ । थाहा नगरपालिकाले अबको आर्थिक वर्षमा ९० प्रतिशत भन्दा माथि खर्च गर्ने दाबी गरेको छ । थाहा नगरपालिका मेयर लवशेर विष्टले वडामा सिलिङ पठाएर बजेट निर्माण गरेको बताउनुभएको छ ।

यस्तै मनहरी गाउँपालिकाले ६१ करोड ९९ लाख बराबरको योजना ल्याउने तयारी गरेको छ । मनहरी गाउँपालिकाले चालुतर्फ ३१ करोड ८७ लाख र पुँजीगत तर्फ ३० करोड ११ लाख बजेट ल्याउने तयारी गरेको गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिनुभएको छ । भने जिल्लाको पुर्वि बकैया गाउँपालिकाले ६० करोडको बजेट ल्याउने तयारी गरेको छ ।

गाउँपालिकाले ल्याएको बजेटको ८० प्रतिशत भन्दा माथि कार्यान्वयन हुने अध्यक्ष दामोदर खनालले बताउनुभयो । बाग्मती गाउँपालिकामा ३० करोड बजेट आउने भएको अध्यक्ष सर्केस घलानले बताउनुभयो । मकवानपुर गढी गाउँपालिकाले ५० करोडको बजेट ल्याउने तयारी गरेको अध्यक्ष बिदुर हुमागाईले बताउनुभएको छ । २५ वर्षिय विकासको भिजन र आवधिक योजना सहित बजेट ल्याउने तयारी गरेको गाउँपालिका अध्यक्ष हुमागाईले जानकारी दिनुभएको छ ।

यस्तै जिल्लाको इन्द्रसरोवर गाउँपालिकाले भने सबैभन्दा थोरै २९ करोडको बजेट ल्याउने तयारी गरेको अध्यक्ष जीवन लामाले बताउनुभएको छ । चालु आर्थिक वर्ष २०७५÷०७६ मा २५ करोडको बजेट ल्याएको गाउँपालिकाले नयाँ आर्थिक वर्षको बजेटको ८५ प्रतिशत भन्दा धेरै कार्यान्वयन गर्ने दाबी गरेको छ । यस्तै भीमफेदी गाउँपालिकाले ४८ करोडको योजना ल्याउने तयारी गरको गाउँपालिका अध्यक्ष हिदम लामाले बताउनुभएको छ ।

९० प्रतिशत खर्च गर्ने गरि बजेट ल्याउने तयारी गरेको अध्यक्ष लामाले बताउनुभयो । त्यस्तै जिल्लाको कैलाश गाउँपालिकाले भने ३८ करोडको बजेट ल्याउने गाउँपालिका अध्यक्ष टंक मोक्तानले बताउनुभएको छ । अध्यक्ष मोक्तानका अनुसार पुँजीगत तर्फ १७ करोड ७ लाख र चालु तर्फ शसर्त सहित १६ करोड ६३ लाख बजेट आउने तयारी गरेको बताउनुभयो ।

जिल्ला कै विकट तथा चेपाङ बाहुल्य राक्सिराङ गाउँपालिले भने ४५ करोड बजेट ल्याउने तयारी गरेको गाउँपालिका अध्यक्ष राजकुमार मल्ले जानकारी दिनुभएको छ । विकट क्षेत्र भएकोले गाउँपालिकाले बजेटमा पुर्वाधार क्षेत्रलाई बढि जोड दिएर सडक निर्माणलाई प्राथमिकता दिएको गाउँपालिका अध्यक्ष मल्लले जानकारी दिनुभयो । उ

हाँले गाँजा विस्थापित गर्ने योजना पनि गाउँपालिकाको बजेटमा राखेको बताउनुभएको छ । जिल्लाका सबै स्थानीय तहहरुले २÷४ दिन ढिलो गरि बजेट ल्याउने तयारी गरेका छन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button