तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानका युवाले निकाले हावाबाट बिजुली

सल्यान। सल्यानका एक युवाले हावाबाट विजुली निकालेका छन् । जिल्लाको शारदा नगरपालिका वडा नं. ४ साँइलाकम्दका ३८ बर्र्षीय बुद्धिराज कवरले हावाबाट विजुली निकालेका हुन् ।
साहुटोलमा इलेक्ट्रिोनिक पसल गर्दै आएका कवरले विगत लामो समयदेखि यसलाई परीक्षण गर्दै आइरहेका थिए । तेस्रोपटक प्रयास गर्दा हावाबाट बिजुली निकाल्न सफल भएको उनले बताए । ‘बत्ती बाल्नको लागि ४ दिनसम्म निरन्तर मेहनत गरेपछि सफल भएको हुँ उनले भने ।
उनले घरको आँगनमा फलामको लामो डन्डीमा पुराना सिडिलाई पंखा बनाएका छन् । हावाले ती पंखालाई चलाएपछि बत्ति बल्ने गरेको उनको भनाई छ । उनले भने ‘पंखा घुम्ने ठाउँमा वायरिङ लगायतका सामग्री राखेको छु । त्यसमा घर्षण भएर विद्युुतको ऊर्जा आउँछ । उनका अनुसार, पंखाबाट आएको ऊर्जालाई ब्याट्रीमा जम्मा गर्न सकिन्छ । हावाबाट निकालेको विद्युतबाट उनले आफ्नो घरमा विजुली बाल्दै आइरहेका छन् ।
अहिले यो पहिलो परीक्षण भएको र अब यही प्रविधिबाट ठूलो खालको ऊर्जा निकाल्न सकिने उनको भनाई छ । धेरै हावा चल्ने ठाउँमा यसबाट विद्युुत निकाल्न सकिने उनले बताए ।
परीक्षणको रुपमा बनाएको बत्ती सामान्य आफ्नै खर्चमा बनाएको उनले बताए । ‘अब ठूलो खालको विद्युुत पनि निकाल्न सकिन्छ । त्यसका लागि खर्च पनि धेरै लाग्न सक्छ । सम्बन्धित वडा र नगरपालिकाले सहयोग ग¥यो भने हावाबाट जताततै झिलिमिली बनाउन सकिन्छ’, उनले भने, ‘सोलारभन्दा हावाको बिजुली ८० प्रतिशतभन्दा धेरै प्रभावकारी हुन्छ ।’
उनले भने, ‘मैले आफ्नै दिमागबाट यो काम गरेको हुँ, कक्षा ६ मा पढ्ने बेला पनि गोबरबाट रेडियो बज्ने बनाएको थिए । सल्यानको दुर्गम गाउँ निगालचुलामा हावाबाट विद्युत्त निकाल्ने योजना बनाएको उनले बताए । हावाबाट विजुलीको लागि निगालचुला उपयुक्त ठाउँ भएको उनको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button