तपाईँ सुन्दै हुनुहुन्छः

शिक्षाबाटै असमानता र विभेदको अन्त्यः राष्ट्रपति भण्डारी

सप्तरी । राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षाको माध्यमबाट सबैखाले असमानता र विभेद अन्त्य हुने बताउनुभएको छ ।

सप्तरीको डाकनेश्वरी नगरपालिका–३ तरहीस्थित जनता माध्यमिक विद्यालयको हीरक जयन्ती तथा भवन उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुदै राष्ट्रपति भण्डारीले शिक्षाकै माध्यमबाट सबैखाले असमानता र विभेदलाई जरैदेखि समाप्त पार्न सकिने बताउनुभयो ।

राष्ट्रपति भण्डारीले उच्च शिक्षाको बलियो जगको रुपमा रहेको विद्यालय तहको शिक्षालाई प्रभावकारी तुल्याउन सुदृढ शैक्षिक तथा भौतिक पूर्वाधार विकास आवश्यक रहेको बताउनुभयो ।

समारोहमा उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सप्तरीको समृद्धिका लागि उपलब्ध स्रोत, साधन र क्षमतालाई विकास निर्माणमा लगाउनुपर्ने बताउनुभयो ।

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विकासका लागि महिला–पुरुषको समान सहभागितामा जोड दिनुुहुँदै शिक्षाकै माध्यमबाट महिलालाई सशक्त बनाउन सकिने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button