तपाईँ सुन्दै हुनुहुन्छः

जिप दुर्घटनाको तीन दिन सम्म भेटिएन कर्णालीमा बेपताको शव

हुम्ला– हुम्लाको खार्पुनाथ गाउँपालिका वार्ड नम्वर ५ को बेडुविसौना नजिकै रहेको कच्ची सडक बाट १९ मिटर तल कर्णाली नदीमा खसेको जिपमा सवार यात्रुहरुको शव अहिले सम्म भेटिएको छैन । दश जना यात्रहरु सवार जिप मंगलबार दुर्घटना भएको थियो । कुरिनटारबाट गोताखोरको टोली घटनास्थलमा पगेर खोजी कार्य जारी राखेको भएपनि तीन दिन बितिसक्दा समेत भेटिन सकेको छैन ।

जिपमा सवार १० जना सहित पहिचान नखुलेका १ जना गरी ११ जना वेपता भएको जिल्ला प्रहरी कार्यलय हुम्लाका प्रहरी निरीक्षक राजेन्द्र सिंहले जानकारी दिनुभयो । मंगलबार मध्यान्न साढे १२ बजे भएको जिप दुर्घटना भएको जानकारी पाएलगत्तै दिउँसो १ बजे देखि खोजी शुरु गरिएको जिल्ला प्रशासन कार्यलयले जनाएको छ ।

बेपत्ता यात्रुहरुको खोजीमा नेपाली सेना,शसस्त्र प्रहरी वल, नेपाल प्रहरी र स्थानीय बासिन्दाले खोजी गरिरहेको भएपनि सफल नभएको साहयक प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेलले बताउनुभयोे ।
जिप र सवार यात्रुको कुनै पत्तो नलागेपछि जिल्ला प्रशासन कार्यालय हुम्ला र कर्णाली प्रदेश सामाजिक मन्त्रालयको पहलमा कुरिनटारबाट गोताखोरको टोली घटनास्थलमा पुगी खोजीकार्य जारी राखेको छ ।

कुरिनटारमा रहेको शसस्त्र प्रहरी बिपत व्यबस्थापन शिक्षालयका प्रहरी निरिक्षक लक्ष्मण बस्नेतको संयोजकत्वमा १० जनाको गोताखोरको टोलीले कर्णाली नदीमा बेपत्ता गाडी निकाल्न अनेक प्रयास गरेपनि सफल हुन सकेको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button