तपाईँ सुन्दै हुनुहुन्छः

धरानमा डेंगु नियन्त्रण बाहिर

सुनसरी– धरानमा डेंगु नियन्त्रण बाहिर गएपछि प्रदेश १ सरकारका मन्त्रीहरुले छलफललाइ तिब्रता दिएका छन । उनीहरुले अबको साता दिनभित्र नियन्त्रणका आउने दाबी गरेका छन ।

प्रदेश १ का कानूनमन्त्री हिक्मतकुमार कार्की र सामाजिक विकास मन्त्री जीवन घिमिरेले धरानको डेंगु नियन्त्रणका लागि प्रदेश सरकारले सात दिनभित्र नियन्त्रण गर्ने बताएका हुन् ।

धरान उपमहानगरपालिकाले बिहीबार गरेको अन्तरक्रिया कार्यक्रममा मन्त्री कार्की र घिमिरेले डेंगु नियन्त्रणका लागि वडा वडाबाटै कार्यदल गठन गरेर लाग्नुपर्ने बताए । नेपालमा सन् २००४ सालमा पहिलो पटक विदेशी नागरिकलाई डेंगु फेला परेको थियो । त्यसयता सन् २००६ मा बढी प्रभावित भएका थिए ।

धरानमा गत कात्तिकदेखि डेंगुका बिरामी देखिन थालेको थियो । तर, बैशाखदेखि शुरु भएको डेंगुका महामारीको रुपमा फैलिएको छ । हालसम्म प्रतिष्ठानमा ४ सय १५ जना बिरामीमा डेंगु देखिसकेको धरान उपमहानगरका कविराज रामबाबु यादवले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button