तपाईँ सुन्दै हुनुहुन्छः

फाइनल खेल नुवाकोट ११ र संकटा क्लबबीच हुँदै

काठमाडौं । नुवाकोटमा जारी दोस्रो नुवाकोट गोल्डकप फुटवल प्रतियोगिताको फाईनल खेल शुक्रवार आयोजक नुवाकोट ११ र संकटा क्लबका बीच हुँदैछ ।

गत बुधवार भएको दोस्रो सेमिफाईनलमा च्यासल युथ क्लबलाई सडेन डेथमा पराजित गर्दै संकटा क्लब फाईनलमा प्रवेश गरेको थियो ।

यसैगरी, गत मंगलबार भएको पहिलो सेमिफाईनलमा नुवाकोट ११ ले नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हाम्रा नुवाकोट समाचारदाता भोलाराज पौडेलले जनाएका छन् ।

जिल्ला खेलकुद विकास समिति नुवाकोट र नुवाकोट फुटवल संघको आयोजनामा तथा विदुर नगरपालिकाको संरक्षकत्वमा भएको प्रतियोगितामा १० वटा क्लबको सहभागिता रहेको थियो ।

प्रतियोगिताको विजेताले ६ लाख र उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई साकुरा नेपाल कन्सल्टेन्सीले नगद प्रयोजन गरेको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button