तपाईँ सुन्दै हुनुहुन्छः

उपमेयर कप अन्तर नगरपालिका महिला फुटबल शुक्रबार शुरु हुँदै

काठमाडौं । उपमेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगिता शुक्रबार देखि काठमाडौँमा शुरु हुँदैछ ।

प्रतियोगिताको उद्घाटन खेल बाँसगढी नगरपालिका र घोराही तुलसीपुर नगरपालिकाबिच बिहान ९ बजे सशस्त्र प्रहरीको हलचोक स्थित मैदानमा हुनेछ ।

शुक्रबार नै दोस्रो खेल गोदावरी नगरपालिका र चन्द्रपुर नगरपालिकाबीच हलचोकमा दिनको १ बजे हुनेछ ।

यसैगरी शुक्रबारको तेस्रो खेल हलचोक मैदानमा दिनको ४ बजे भिमेश्वर नगरपालिका र काठमाडौँ नगरपालिकाबिच हुनेछ ।

प्रतियोगितामा देशभरिका १६ वटा टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले ५ लाख र उप विजेताले ३ लाख रुपैँया पुरस्कार प्राप्त गर्ने छन् ।

यसैगरी, फेयर प्ले टिमलाई ५० हजार र प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुन सफल एक जनालाई २५ हजार रुपैँया पुरस्कार प्रदान गरिने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button