तपाईँ सुन्दै हुनुहुन्छः

यु १९ पूर्वी क्षेत्रीय क्रिकेटको खेल तालिका सार्वजनिक

काठमाडौं ।ए सी सी अण्डर १९ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको खेल तालिका मंगलबार सार्वजनिक भएको छ ।

एशियन क्रिकेट काउन्सील ए सी सी ले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपाल रहेको समूह ए मा चिन, सिंगापुर र मियानमार रहेका छन् ।

समूह बि मा आयोजक मलेसिया, हङकङ, थाईल्याण्ड र भुटान रहेका छन् ।

नेपालको पहिलो खेल यही आउने जुलाई महिनाको २ तारिकमा मियानमार, ५ तारिकमा सिंगापुर र ३ तारिकमा चिन संग हुनेछ ।

समूह विजेता र उप विजेताले सेमिफाईनलमा स्थान बनाउने छन् ।

प्रतियोगिताको विजेताले श्रीलङ्कामा हुने ए सी सी अण्डर १९ एशिया कप क्रिकेटमा सहभागि हुने मौका पाउने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button