तपाईँ सुन्दै हुनुहुन्छः

ललित स्मृति अण्डर १८ फुटबल बुधबारदेखि

काठमाडौं । ललित स्मृति अण्डर १८ फुटबल प्रतियोगिता बुधबार देखि एन्फा मैदान सातदोबाटोमा सञ्चालन हुँदै छ ।

एन्फा द्वारा मंगलबार जारी खेल तालिका अनुसार प्रतियोगिताको उद्घाटन खेल न्यूरोड टिम एन आर टि र च्यासल युथ क्लबबिच दिनको २ बजे शुरु हुनेछ ।

समूह ए मा हिमालयन शेर्पा क्लब, एन आर टि, संकटा, मच्छिन्द्र र च्यासल युथ क्लब रहेका छन् ।

समूह बि मा नेपाल ए पि एफ क्लब, मनाङ मर्स्याङदी क्लब, त्रिभुवन आर्मी क्लब, फ्रन्डस क्लब र थ्री स्टार क्लब रहेका छन् ।

यसैगरी, समूह सी मा नेपाल पुलिस क्लब, ब्रिगेड ब्वाईज क्लब, सरस्वती युथ क्लब र जावलाखेल युथ क्लब रहेका छन् ।

प्रतियोगिताको फाईनल खेल यही आउने असार महिनाको ३१ गते एन्फा मैदान सातदोबाटोमा हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button