तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री ओली संयुक्त अधिराज्यको औपचारिक भ्रमणका लागि लण्डनमा

लण्डन-प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त अधिराज्यका प्रधानमन्त्री टेरिजा मे को मैत्रीपूर्ण निमन्त्रणामा संयुक्त अधिराज्यको औपचारिक भ्रमणका लागि राजधानी लण्डन आइपुग्नुभएको छ । स्वीटजरल्याण्डको जेनेभाबाट सोमवार राति लण्डनको हिथ्रो अन्तर्राष्टिय विमानस्थल पुग्नुहुँदा प्रधानमन्त्री ओलीलाइ बेलायतका रक्षा राज्यमन्त्री मार्क ल्यान्केस्टरले स्वागत गर्नुभयो ।

प्रधानमन्त्री ओलीको स्वागतका लागि विमानस्थलमा बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुबेदीका साथै दुतावासका अधिकारीहरु उपस्थित हुनुहुन्थ्यो । प्रधानमन्त्री ओलीले आज उहाँका बेलायती समकक्षी टेरिजा मे सँग दिपक्षीय भेटवार्ता गर्नुहुने कार्यक्रम छ । बेलायती संसदमा नेपाल मामिला हेर्ने संसदीय समूहले प्रधानमन्त्रीको सम्मानमा कार्यक्रम आयोजना गरेको छ । बेलायती राजपरिवारका सदस्यसँग पनि प्रधानमन्त्रीको भेटको कार्यक्रम छ ।

प्रधानमन्त्रीसँग मंगलवार विहान नेपाली दुतावासमा गैरआवासीय नेपाली संगठन संयुक्त अधिराज्यका पदाधिकारी, पूर्व गोर्खा सैनिक संगठनका प्रतिनिधिहरु र प्रवासी नेपाली मञ्चका पदाधिकारीहरुले भेट्नु हुने कार्यक्रम छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button