तपाईँ सुन्दै हुनुहुन्छः

कार्यान्वयन र अनुगमन प्रभावकारी हुनपर्नेमा जोड

भुवनप्रसाद आचार्य । आगामी बजेटले अघि सारेका कार्यक्रमहरुको कार्यान्वयन र अनुगमन प्रभावकारी हुन पर्नेमा वुद्धिजिवि तथा उद्योगी व्यवसायीहरुले जोड दिनु भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाको भातृसंगठन नेपाल बुद्धिजिवी संगठनले एकीकरण पछि पहिलो पटक सोमवार काठमाडौमा आयोजना गरेको आगामी आर्थिक वर्षको बजेटको कार्यान्वयन विषयक अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले विगतमा पनि राम्रा बजेटहरु आएको भए पनि कार्यान्वयन फितलो हुँदा लक्ष्यमा पुग्न कठिन भएको भन्दै लागामी बजेटको कार्यान्वयन र आयोजनाहरुको अनुगमन प्रभावकारी हुनु पर्नेमा जोड दिनु भएको हो ।

कार्यक्रममा पूर्व अर्थमन्त्री एवं सभामुख कृष्ण बहादुर महराले बजेट कार्यान्वयन प्रणाली पुरानै भएकोले त्यसलाई तोडेर नयाँ ढंगले कार्यान्वयन गर्ने गरी अघि बढ्न सुझाव दिनु भयो ।

पूर्व अर्थमन्त्री एवं नेकपा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले बजेटका धेरै कार्यक्रमहरु राम्रा रहेकोले त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनु आवश्यक भएको बताउनु भयो ।

उहाँले बजेटको कार्यान्वयनका लागि आवश्यक तालिका बनाएर आजैदेखि कार्यक्रम बनाउने र साउन लाग्न साथ बजेट निकासा भइ कार्यान्वयन प्रक्रियामा जानु पर्ने बताउनु भयो ।

कार्यक्ममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा पुष्पराज कँडेलले बजेटको प्रमुख समस्या कार्यान्वयन भएको भन्दै कार्यान्वयन प्रक्रियालाई केही सुधार गरेर अघि बढन सके बजेटले लिएको ८.५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य प्राप्त गर्न सकिने बताउनु भयो ।

कार्यक्रममा अर्थमन्त्रीका सल्लाहकार डा रामशरण खरेलले आर्थिक वृद्धिको लक्ष्य भेटाउन सरकारले कस्ट अफ डुइङ विजनेसको लागत घटाउन प्रयास गरेको बताउनु भयो ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान नाष्टका उपकुलपति डा सुनिल बाबु श्रेष्ठले बजेटले उच्च आर्थिक वृद्धि भन्दा पनि दिगो आर्थिक वृद्धिलाई जोड दिनु पर्ने बताउनु भयो ।

कार्यक्रममा नेपाल उदोग परिसंघका अध्यक्ष शतिषकुमार मोर, नेपाल उदोग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठ लगायतले बजेटको प्रभावकारी अनुगन र कार्यान्वयन हुनु पर्नेमा जोड दिनु भउको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button