तपाईँ सुन्दै हुनुहुन्छः

झापामा तीन खानेपानी आयोजना सम्पन्न : ५ सय परिवार लाभान्वित

झापा,भद्रपुर । ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फण्डबोर्ड)–को आर्थिक सहयोग तथा सहारा नेपाल विर्तामोडको प्राविधिक सहयोगमा झापामा तीनवटा खानेपानी आयोजनाको निर्माण सम्पन्न भएको छ ।

अर्जुनधारा नगरपालिका–२ मा गाँजाबारी मिश्रटार खानेपानी आयोजना, बुद्धशान्ति–५ मा खारखोला खानेपानी आयोजना तथा मेचीनगरमा पाथीभरा खानेपानी आयोजनाको निर्माण कार्य सकिएको हो ।
यी तीनवटा खानेपानी आयोजनाबाट पाँचसय भन्दा बढी परिवार लाभान्वित हुने खानेपानी तथा सरसफाई डिभिजन कार्यालय भद्रपुरले जनाएको छ ।
निर्माण सकिएसँगै तीनवटै खानेपानी आयोजनाबाट उपभोक्ता समितिमार्फत् पानी वितरण भइरहेको छ । अर्जुनधारा–२ को गाँजाबारी मिश्रटार खानेपानी आयोजनाको मुहान इलामको बरफल्याङमा छ । ५२ लाख ३१ हजार ७ सय ८७ रुपैयाँमा निर्माण भएको यो आयोजनाले दुई सय पाँच घरधुरीलाई खानेपानी पु¥याउँदै आएको छ ।

बुद्धशान्ति–५ को खारखोला खानेपानी आयोजनाको मुहान गंगटेस्थित खारखोलामा पर्छ । ३० लाख ९६ हजार ८ सय ३१ रुपैयाँमा निर्माण कार्य सकिएको यो आयोजनाले एक सय २४ घरलाई खानेपानी पु¥याइरहेको उपभोक्ता समितिका अध्यक्ष रोहित तोलांगीले बताउनु भयो । मेचीनगरको पाथीभरा खानेपानी आयोजनाले १ सय ६५ घरधुरीलाई खानेपानी वितरण गर्दै आएको छ । यो आयोजनाको लागत ५६ लाख २७ हजार ३ सय ७९ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button