तपाईँ सुन्दै हुनुहुन्छः

‘मेडिकल क्षेत्रको सुधारका लागि चिकित्सा ऐन’

अजय कुमार झा, जनकपुरधाम । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले मेडिकल क्षेत्रको गुणात्मक सुधारका लागि नै राष्ट्रिय चिकित्सा शिक्षा ऐन ल्याइएको बताउनु भएको छ ।

चिकित्सा शिक्षा आयोगले आज जनकपुरधाममा आयोजना गरेको राष्ट्रिय चिकित्सा ऐन २०७५ को अभिमुखिकरण कार्यक्रममा मन्त्री पोखरेलले अन्तर्राष्ट्रिय स्तरको जनशक्ति निर्माणका लागि पनि विधेयकमा भएको प्रावधानहरुको कार्यान्वयन गर्नुको विकल्प नभएको स्पष्ट पार्नु भयो ।

मन्त्री पोखरेलले सरकारले ७ वटा प्रदेशमा १–१ वटा मेडिकल कलेज सञ्चालनका लागि ३ अर्ब बजेटको व्यवस्था गरेको बताउनु भयो ।

राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दहालले चिकित्सा शिक्षा विधेयक निक्कै सकारात्मक रहेको बताउनुभयो ।

प्रदेश नंं २ को सामाजिक विकासमन्त्री नवल किशोर साहले माध्यमिक शिक्षा प्रदेश सरकारको अधिनमा नै रहनु पर्नेे बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button