तपाईँ सुन्दै हुनुहुन्छः

आदिवासी जनजाति चलचित्र महोत्सव शुरु

सरिता खनाल । तेस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०७६ आजदेखि काठमाडौंमा शुरु भएको छ ।

आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा सुरु भएको महोत्सवको उद्घाटन गर्नुहँुदै उपराष्ट्रपति नन्दकिशोर पुनले विविधतायुक्त भाषभाषी र कला संस्कृतिकारुपमा नेपाल विश्वकै सुन्दर मुलुक भएको बताउनुभयो ।

उपराष्ट्रपति पुनले विकासका लागि चलचित्रको भुमिका महत्वपुर्ण हुने उल्लेख गर्नुहुँदै कलाकारिता क्षेत्रलाई राज्यको एक अंगका रुपमा विकास गर्नुपर्ने वताउनुभयो ।

यही जेठ २६ गतेसम्म चल्ने महोत्सवमा आदिवासी जनजातिसँग सम्बन्धित विभिन्न १३ वटा जातिका २० वटा चलचित्रहरु प्रदर्शन गरिने आदिवासी जनजाति चलचित्र महासंघले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button