तपाईँ सुन्दै हुनुहुन्छः

श्यामदास वैष्णवको शतवार्षिकी मनाइयो

काठमाडौँ । नइ प्रकाशनको संयोजनमा वानीरा फाउन्डेसनले आज राजधानी काठमाडौँमा गणेशकवि श्यामदास वैष्णवको शतवार्षिकी मनाउको छ । सो अवसरमा नरेन्द्रराज प्रसाईँद्वारा लिखित ‘गणेशकवि श्यामदास वैष्णव’नामक जीवनी कृतिको पनि लोकार्पण भरिएको थियो ।

प्रमुख अतिथि लोकमानसिंह कार्की लगायत नीर शाह र ई.शङ्कर गिरीबाट लोकार्पित उक्त कृतिमा वैष्णवको जीवनका सम्पूर्ण दस्ताबेजलाई सङ्क्षेपमा प्रस्तुत गरिएको छ ।

वानीरा फाउन्डेसनका अध्यक्ष इन्दिरा प्रसाईँको सभापतित्वमा सञ्चालित सो समारोहमा नीर शाह, मदनदास श्रेष्ठ, भगवती बस्नेत र नरेन्द्रराज प्रसाईँले वैष्णवको जीवन र कृतिबारे मन्तव्य राख्नुभएको थियो ।

‘गणेशकवि श्यामदास वैष्णव’नामक जीवनी कृतिमा वैष्णवको बालकृष्ण सम, महाकवि लक्ष्मीप्रसाद देवकोटा, पारिजात, उत्तम कुँवर र वानीरा गिरीसँगको अन्तरसम्बन्ध पनि सविस्तार खुलाइएको छ

प्रतिक्रिया राख्नुहोस्

Back to top button